
तनावपूर्ण अवस्थापछि केही समय रोकिएर फेरि भएको नेकपा (एमाले)को धादिङ जिल्ला कमिटीको निर्वाचनको परिणाम बिहीवार आएको छ । अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी रामकुमार अधिकारीलाई २७१ मतले पराजित गर्दै त्रिपाठी विजयी भएका हुन् ।
त्रिपाठीले ३०९ र पराजित अधिकारीले २३८ मत पाए । अरु पदाधिकारी र सदस्यमा पनि धेरैजसो त्रिपाठीनिकट नै विजयी भएका छन् ।
यस्तै उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा विजयी भएका छन् । उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तबहादुर लामिछाने विजयी भए । यी सबै त्रिपाठी प्यानलकै हुन् ।
एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा यसअघि कुटाकुट भएको थियो । यसपछि माघ २१ मा रोकिएको उक्त अधिवेशन फेरि फागुन १ मा सुचारु भएको थियो ।