३१ जेठ २०८३, आइतबार

कुटाकुटपछि रोकिएको एमालेको धादिङ जिल्ला अधिवेशन फेरि शुरू हुने

माघ २३, २०८०
काठमाडौं
कुटाकुटपछि रोकिएको एमालेको धादिङ जिल्ला अधिवेशन फेरि शुरू हुने

नेता–कार्यकर्ताबीच कुटाकुट भएपछि रोकिएको नेकपा (एमाले)को धादिङ जिल्ला अधिवेशन फेरि सुचारु हुने भएको छ ।

नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलवार विज्ञप्ति जारी गर्दै माघ २१ मा रोकिएको उक्त अधिवेशन फेरि शुरू हुने जानकारी दिएका छन् ।

फागुन १ गते ११ बजेबाट अधिवेशनको बन्दसत्र पुनः सुचारु हुने विज्ञप्तिमा उल्लेख छ ।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको माघ २१ गतेदेखि शुरू भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएको छ । केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुचारु गर्नेबारे माघ २३ गते प्राप्त पार्टीको पत्रका आधारमा फागुन १ गते ११ बजेबाट बन्द सत्र पुनः सुचारु हुने जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागले आवश्यक सबै काममा निर्देशन एवं सहजीकरण गर्ने कुरासमेत जानकारी गराउँदछु ।’

अध्यक्ष देवकोटाले फागुन १ गते ११ बजे धादिङ जिल्ला पार्टी कार्यालयमा उपस्थित हुन सबै प्रतिनिधि र सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।

null

गत शनिवार नेता–कार्यकर्ताबीच भएको विवादपछिको कुटाकुटमा परी एमाले धादिङ जिल्ला अधिवेशनमा एक जनाको हात भाँचिएको थियो । 

हात भाँचिनेमा पार्टी कार्यकर्ता सन्तोष खनाल रहेका छन् । यस घटनापछि अधिवेशन स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्