०१ असार २०८३, सोमबार
एमालेमा भाँडभैलो

एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुटः एक जनाको हात भाँचियो

माघ २१, २०८०
काठमाडौं
एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुटः एक जनाको हात भाँचियो

नेता–कार्यकर्ताबीच भएको विवादपछिको कुटाकुटमा परी एमाले धादिङ जिल्ला अधिवेशनमा एक जनाको हात भाँचिएको छ । बागमती प्रदेश एमाले अध्यक्ष कैलाश ढुंगेलले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट भएको तनाब बढेर शनिवार कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँचिएको बताएका हुन् ।

हात भाँचिनेमा पार्टी कार्यकर्ता सन्तोष खनाल रहेका छन् । 

अधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा भएको विवाद बढ्दै जाँदा एक जनाको हात भाँचिनेसम्मको स्थिति आएको विज्ञप्तिमा उल्लेख छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । तर तनाबको स्थिति आएपछि अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन नै स्थगित भएको उनले जनाएका छन् । 

‘जिल्ला कमिटीबाट पाँच प्रतिशत मनोनयन हुने प्रतिनिधिका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ विज्ञप्तिमा ढुंगेलले भनेका छन्, ‘जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्कासमेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको शुरूवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रमक र आतंकित परिस्थिति देखा पर्यो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।’

यस्तो छ ढुंगेलले जारी गरेको विज्ञप्ति:

null
 

salt training

कमेन्ट गर्नुहोस्