
भारतको विद्युतीय भुक्तानी प्रणाली युनाइटेड पेमेन्ट इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसबीच सम्झौता भएको छ ।
नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक बीच भारतको दुवै भुक्तानी प्रणालीमा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको भवनमा बिहीवार आयोजित एक समारोहमा उक्त समझदारीमा हस्ताक्षर भएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त समारोहमा नेपालका गभर्नर महाप्रसाद अधिकारी र उनका समकक्षी भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासलागायत अन्य पदाधिकारीहरू उपस्थित थिए ।