१० साउन २०८३, आइतबार

माओवादीको विधान परिमार्जनसहित पारित

फागुन ३, २०८०
काठमाडौं
माओवादीको विधान परिमार्जनसहित पारित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान बिहीवार पारित गरिएको हो । 

अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तबरले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया शुरू हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गरेकोे विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्