
दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि गोली प्रहार भएको छ ।
गोली लागेर घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा घाइते भएकी छिन् ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
कसले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको दाङका एसपी रामबहादुर केसी जानकारी दिए ।