नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
जसअनुसार पेट्रोलको मूल्य काठमाडौंमा १७२ र डिजेल तथा मट्टितेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
