
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन् । पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको भनेर समाचार आएपछि उनले आफू रहुन्जेल खुलामञ्च सधैँ सबैका लागि खुला रहने बताएका हुन् ।
बालेनले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् । ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैँ सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौँ,’ उनले भनेका छन्, 'हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनु पर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।'
यस्तो छ बालेनको प्रष्टीकरण