१० साउन २०८३, आइतबार
बजेटको मध्यावधि मूल्यांकन

आगामी बजेटको सिलिङ १८ खर्ब, मध्यावधि समीक्षामा बजेट घटाइएको होइन - अर्थमन्त्री महत

फागुन ४, २०८०
काठमाडौं
आगामी बजेटको सिलिङ १८ खर्ब, मध्यावधि समीक्षामा बजेट घटाइएको होइन - अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिएका छन् ।

शुक्रवार अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले राष्ट्रिय योजना आयोगबाट बजेटको सिलिङ तोकिएकोबारे आफूलाई जानकारी आएको बताएका हुन् ।

‘राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ दिएको जानकारी आएको छ, आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट हामीले छलफल गरिरहेका छौं,' उनले पत्रकारसम्मेलनका क्रममा भने ।

उनले चालु आर्थिक वर्षको बजेट कटौती नभएको दाबीसमेत गरे । ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन,’ अर्थमन्त्री महतले भने ।

उनले बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अहिलेसम्म उठेको राजस्व र त्यसको आधारमा हुने खर्चको आंकलन मात्रै गरिएको उनले बताए ।

उनले केही दिन अघि चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको थियो ।

बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालू वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आंकलन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्