२४ जेठ २०८३, आइतबार

११ न्यायाधीशविरुद्ध अर्को ‘खेल’

कात्तिक २०, २०७४
११ न्यायाधीशविरुद्ध अर्को ‘खेल’
काठमाडौँ, २२ असोज- डेढ वर्षअघि सर्वोच्च अदालतमा नियुक्त भएका ११ न्यायाधीश हटाउने खेल फेरि सुरु भएको छ । तीन साताअघि नाटकीय रूपमा दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च प्रशासनले खारेज (दरपीठ) गरेकामा त्यसविरुद्ध फेरि अर्को निवेदन परेको हो ।justic

दसैं बिदा सकिएर अदालत खुलेको पहिलो दिन अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठले दरपीठविरुद्ध दिएको निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा भएको ११ न्यायाधीशको नियुक्ति गैरसंवैधानिक भएको दाबी रिट निवेदनमा गरिएको छ, जबकि एक वर्षअघि नै सर्वोच्चले यो विवादलाई पूर्ण रूपमा टुंग्याइसकेको थियो, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्