
राजधानीको जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ जडिबुटीस्थित एक फर्निचर कारखानामा आगलागी भएको हो ।
यतिबेला आगो निभाउननेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ ।
यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।