०८ असार २०८३, सोमबार

६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस

कात्तिक २०, २०७४
६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस
ललितपुर, २२ असोज - मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि नेपाली काँग्रेसलाई ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको छ । तर, त्यसरी पठाएको सिफारिसमा आकाङ्क्षीको सूची भने निकै लामो छ ।congress

पार्टी केन्द्रीय सचिवालयका अनुसार काँग्रेसले जिल्लाका कार्यसमितिलाई एक क्षेत्रबाट बढीमा तीन जनासम्मको नाम सिफरिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । निर्देशनअनुसार कतिपय जिल्लाबाट नामावली आए पनि अधिकांश जिल्लाबाट भने लामो सूची पठाइएको छ । कतिपय जिल्लाबाट अलग अलग सूची समेत आएको छ ।
‘कतिपय जिल्लाबाट त एक निवाचन क्षेत्रबाट ५२ जनासम्मको नाम सिफारिस आएको छ,’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बाँकी जिल्लाबाट पनि आइतबारसम्म सिफारिस आइसक्ने जानकारी दिए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्