
राप्रपाको नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध विभिन्न विधाका इन्जिनियरहरूको प्रथम भेला सम्पन्न भएको छ ।
काठमाडौँमा भएको प्रथम भेलाले अमित ढुङ्गानाको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसन गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विजय राज भण्डारी, सचिवमा साहिल दाहाल, कोषाध्यक्ष प्रकाश खरेल र सह सचिवमा सजिना कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा उपेन महत, दिपा श्रेष्ठ, सविता महत, गम्भीर जंग खड्का, गोपीकृष्ण चौलागाईं, सुनिल कुमार महतो, आयुष जिसी, सरोज रजड, विनायक रेग्मी र लाल सिंह धामी चयन भएका छन् ।