०५ साउन २०८३, मंगलबार
आईसीसी क्रिकेट लिग-२

​नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जीत

फागुन ५, २०८०
काठमाडौं
​नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जीत

आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा ​नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालका लागि अनिल शाह र आसिफ शेखले नटआउट अर्धशतक प्रहार गरे । 

कुशल भुर्तेलले २८ रन बनाएर आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो ।

नेपालले जीतका लागि १३८ रनको सामान्य लक्ष्य पाएको थियो ।

नेपालले उत्कृष्ट बलिङ गर्दै ​नेदरल्यान्ड्सलाई शुरूआतदेखि नै दबाबमा राखेको थियो । नेपाली बलरसामु नेदरल्यान्ड्सका ब्याटर खुलेर खेल्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, बास डे लीडेले २७ रन बनाए । सीब्राण्ड इंगेलब्रेच्टले २३ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत १५ रन पनि कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलले एक÷एक विकेट लिए  । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

लिग-२ को पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्