
काठमाडौं, २२ असोज — राम रहीमकी प्रियपात्र हनीप्रीतबाट प्रहरीले केही कुरा पनि भनाउन सकेको छैन अनि कुनै कडाइ पनि गर्न सकेको छैन ।

हनीप्रीतले अदालतमा प्रहरीले आफूमाथि यातना दिएको आरोप लगाएकी छन् ।
उनले प्रहरीलाई आफू पापाकोमा जान चाहेको किनकि उहाँको कम्मर दुखिरहेको हुनसक्ने बताइन् ।
राम रहीमलाई सीबीआईकी विशेष अदालतले सुनाएको बीस वर्षे सजायलाई पञ्जाब र हरियाणा उच्च अदालतमा चुनौती दिइएको छ । यो सजाय कम भएको र थप्नुपर्ने भनी निवेदन दिइएको छ ।
हनीप्रीतले चाहिँ प्रहरीले आफूमाथि यातना दिएको बताएपछि प्रहरी अधिकारीहरूले अदालतसमक्ष सफाइ दिनुपरेको छ । सावधानी अपनाउँदै प्रहरीले अहिले हनीप्रीतसँग कठोर व्यवहार गरिरहेका छैनन् ।
फरार अवस्थामा हनीप्रीतले वकिलहरूसँग धेरैचोटि भेटघाट गरेकी थिइन् । अहिले पक्राउ परेपछि उनी रटेको जस्तो गरी उत्तर दिइरहेकी छन् । प्रहरीका अनुसार, आफू पक्राउ पर्ने आशंका रहेपछि हनीप्रीतले वकिलसँग प्रहरीलाई के भन्ने भनी सिकेकी हुनुपर्छ ।
हनीप्रीतले ‘बाबाको ढाड दुखेको होला, उहाँकहाँ पु–याइदेऊ’ भन्दा प्रहरीले ‘तिमी चिकित्सक हौ र उपचार गर्नलाई’ भनी जवाफ फर्काएको प्रहरी सूत्रले बतायो ।
एजेन्सी