०७ साउन २०८३, बिहीबार

काठमाडौँसहित जसपाका तीन वटा नगर समिति पुनर्गठन

फागुन ५, २०८०
काठमाडौं
काठमाडौँसहित जसपाका तीन वटा नगर समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाडौँ महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् ।
 
पाार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाण्डौ महानगरपालिका समिति गठन भएको छ ।
 
त्यस्तै सन्तोष साह रौनियारको अध्यक्षतामा सर्लाहीको हरिपुर नगर समिति पुनर्गठन भएको छ । सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पेशल ढकाल प्रमुख अतिथि रहेका थिए  ।
त्यसैगरी पन्नालाल मण्डलको अध्यक्षता ३५ सदस्यीय रङ्गेली नगर समिति पुनर्गठन गरिएको छ । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य जयराम यादव प्रमुख अतिथि रहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्