२८ जेठ २०८३, बिहीबार

इजिप्टले गाजामा पठायो २ लाख टन मानवीय सहायता

फागुन ६, २०८०
काठमाडौं
इजिप्टले गाजामा पठायो २ लाख टन मानवीय सहायता

कायरो–इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकता मन्त्री निभिन एल–कब्बागले बताएका छन् ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथुन’मा भाग लिँदै उनले आवाश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७  देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए ।  

गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गरे ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसको मृत्यु  भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्