२५ जेठ २०८३, सोमबार
संसदमा प्रधानमन्त्रीलाई एमालेको प्रश्न

'भ्रष्टाचारको आशंकामा अख्तियारले बयान लिएका मन्त्री क्याबिनेटमा राखेर सुशासनको गफ ?'

फागुन ६, २०८०
काठमाडौं
'भ्रष्टाचारको आशंकामा अख्तियारले बयान लिएका मन्त्री क्याबिनेटमा राखेर सुशासनको गफ ?'
संसद्मा प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रष्टाचार आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सचेतक महेश बर्तौलाले मन्त्री बस्नेतको राजीनामा मागेका हुन् । राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उनले गरे । 

‘प्रधानमन्त्रीज्यू यहाँ हुनुहुन्छ, उहाँको क्याबिटेनका मन्त्री भ्रष्टाचार र आर्थिक अनियमितताको आशंकामा अख्तियारमा जोडिएका छन् । अख्तियारले बयानमा बोलाएको व्यक्तिलाई मन्त्रीको रूपमा राखेर सुशासनको सुघा रटाई सुन्न तयार छैनौं,’ बर्तौलाले भने । 

‘मन्त्रीहरू बयान दिन जाने, सरकार जहाँ हरियो घाँस देख्यो त्यहाँ दौडिने अवस्थामा पुग्यो,’ बर्तौलाले भने । 

टेरामक्स खरिद प्रकरणमा मन्त्री समेत रहेका कांग्रेस सांसद बस्तेतसँग अख्तियारले बयान लिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्