२४ जेठ २०८३, आइतबार

‘धर्मनिरपेक्षता हिन्दूको समुल विनासका लागि ल्याइएको हो ?’, सांसदको प्रश्नमा प्रचण्डले दिए यस्तो जवाफ

फागुन ६, २०८०
काठमाडौं
‘धर्मनिरपेक्षता हिन्दूको समुल विनासका लागि ल्याइएको हो ?’, सांसदको प्रश्नमा प्रचण्डले दिए यस्तो जवाफ

लिखित प्रश्नविपरीत हिन्दु धर्मसम्बन्धी विषय संसद्मा सोधिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा असन्तुष्टि जनाएका छन् । आइतवार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा (एमाले)का सांसद किरण साहले हिन्दू अल्पसंख्यक रहेको ठाउँमा अतिवादीले आक्रमण गरिरहेको भन्दै प्रश्न सोधेका थिए । 

‘देशभित्र हिन्दू अल्पसंख्यक रहेको ठाउँमा चाडबाडको समयमा अतिवादीद्वारा हिंसांत्मक आक्रमण भइरहेको छ । धर्म निरपेक्षता हिन्दूको समुल विनासको लागि ल्याइएको हो ? हिजैदेखि मेरो क्षेत्र रौतहटमा कफ्र्र्यू लागू भइरहेको छ,’ सांसद साहले प्रश्न गरे । 

लिखित प्रश्नभन्दा बाहिर सोधेको भन्दै यसप्रति प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाए । ‘माननीयले यही आएर प्रश्नमा प्रश्न थप्दा, हाम्रो विधि प्रक्रिया कार्यक्रमको अवस्था के हुन्छ ? मेरो चिन्ता त्यसतर्फ छ’ प्रचण्डले भने, ‘हिन्दूराष्ट्रबारे जे कुरा राख्नु भएको छ, मेरो ध्यानाकर्षण भएको छ । त्यसलाई गम्भीर रुपमा लिइन्छ ।’ 

रौतहटबाट स्वतन्त्र चुनाव जितेका साह पछि एमालेमा गएका थिए । उनले प्रतिनिधिसभामा संस्कृत भाषामा शपथ लिएका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्