३२ असार २०८३, बिहीबार

आउँदो वर्ष हुने ‘अन्तर्राष्ट्रिय भेज फेस्ट’का लागि ‘हाइकिङ’ कार्यक्रम हुँदै

कात्तिक २०, २०७४
आउँदो वर्ष हुने ‘अन्तर्राष्ट्रिय भेज फेस्ट’का लागि ‘हाइकिङ’ कार्यक्रम हुँदै
काठमाडौँ, २३ मंसिर– नेपालमा आउँदो वर्ष अन्तर्राष्ट्रिय स्तरको भेजफेस्ट गरिने भएको छ । ‘एसिया प्रशान्त महासागरीय क्षेत्र’को शाकाहारी सम्मेलन नेपालमा हुन लागेको नेपाल शाकाहारी सङ्घका उपाध्यक्ष कृष्ण गुरुङले बताएका छन् । उनका अनुसार शाकाहारी भोजनलाई अपनाएर विश्वको वातावरण, मानव स्वास्थ्य र प्राणीप्रेमलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सो महोत्सव आयोजना गरिन लागेको हो । यस्तो महोत्सवले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने  कृष्ण गुरुङले बताए । भेजफेस्टमा शाकाहारी जीवनसैलीबारेको अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनसँगै शाकाहारी खाना महोत्सव हुने गुरुङले बताए ।

सोही महोत्सवलाई सफल पार्ने उदेश्यले यही पुष २ गते सङ्घले काठमाडौंको साँखुदेखि बज्रयोगिनी हुँदै मणिचुड डाँडासम्म हाइकिङ कार्यक्रम समेत गर्ने भएको छ । हाइकिङका क्रममा डाँडामा पुगेर योग समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । बिहान ७ बजे काठमाडौंको भृकुटीमण्डपको चौरमा भेटेर त्यहाँबाट साँखुसम्म गाडीमा जाने र त्यहाँबाट हाइकिङ शुरु हुने गुरुङले बताए । एक दिने हाइकिङ कार्यक्रममा खाना, पानी, व्यावसायिक फोटोग्राफी र सामान्य उपचारको व्यवस्था रहेको गुरुङले बताए ।

कार्यक्रममा कसरी सहभागी हुने भन्नेबारे नेपाल शाकाहारी संघको फेसबुक पेज https://www.facebook.com/groups/VegNepal/ मा पुगेर जानकारी पाउन सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्