
भारतीय फिल्म उद्योगमा निकै ठूला लगानीमा फिल्म बन्ने गरेका छन् । तर केही यस्ता फिल्म पनि छन् जसले कम लगानीमा पनि राम्रो कमाइ गरेका छन् । केही ठूलो बजेटमा बनेका फिल्मले पनि राम्रो व्यापार गर्न नसकेका बेला बजारमा महंगा कलाकारलार्इ नलिइ बनाइएको फिल्मले निकै ठूलो कमाइ गरेको छन् । ति मध्ये केही फिल्म यस्ता छन्
लिपस्टिक अन्डर माई बुर्का
कलेज गर्लको संघर्षमा आधारित यो कमेडी फिल्म हो । ७ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको यो फिल्मले पनि राम्रो कमाइ ग¥यो । २६ करोड कमाइ गरेको यो फिल्ममा कोनकोना सेन शर्माको प्रमुख भूमिका छ ।
शुभ मंगल सावधान
यो रोमान्टिक फिल्म हो । आनन्द एल रायको निर्माण र एसआर प्रसन्नको निर्देशनमा बनेको यो फिल्ममा आयुष्मान खुराना र भूमि पेडेन्कारको मुख्य भूमिका छ । १० करोड रुपैयाँमा तयार भएको यो फिल्मले पनि ४० करोड कमाइ गर्न सफल भयो ।
बाबुमोशाय बन्दुकबाज
यो अपराध कथामा आधारित फिल्म हो । किरण श्राफ र अस्मिथ कुन्दरले निर्माण गरेको यो फिल्मलाई कुशान नन्दीले निर्देशन गरेका हुन् । भारतीय ५ करोड रुपैयाँमा निर्माण भएको यो फिल्ममा नवजुद्दिन सिद्दिकी र विदिता बागको मुख्य अभिनय छ । ५ करोडमा फिल्म तयार गरिनुलाई बलिउडमा निकै कम खर्च मानिन्छ । तर, यो फिल्मले कमाइ भने १५ करोड गरेर सफल दहरियो ।
ट्वाइलेट : एक प्रेम कथा
यो पूरा कमेडी फिल्म हो । अक्षयकुमार र भूमि पेडेन्कारको मुख्य भूमिका रहेको यो फिल्म १८ करोड रुपैयाँमा निर्माण भएको हो । तर, बलिउड बक्स अफिसमा यसले १ सय ३४ करोड कमाउन सफल भयो । सलमानको ‘ट्युबलाइट’ र शाहरुखको रइस कमजोर सावित हुँदा अक्षयको यो फिल्मले गरेको कमाइले राम्रै चर्चा पनि पायो ।
बरेलीकी बर्फी
आयुष्मान खुराना र कृति सनोनको मुख्य अभिनय रहेको यो फिल्म २० करोड रुपैयाँमा निर्माण भएको हो । यो पनि कमेडी फिल्म हो । बलिउडमा कमेडी फिल्मले बजार लिइरहँदा बरेलीकी बर्फीले पनि राम्रो स्थान लियो । यो फिल्मले ५१ करोड रुपैयाँ कमाइ ग¥यो ।
हिन्दी मिडियम
हिन्दी मिडियम पनि कमेडी फिल्म हो । इरफान खानको अभिनय रहेको यो फिल्म २३ करोड रुपैयाँमा तयार भएको हो । तर, यसले कमाइ नसोचेको गर्यो । बक्स अफिसमा यसले ७८ करोड कमाइ गरेको छ ।
जोली एलएलबी २
जोली एलएलबी पनि कमेडी फिल्म नै हो । अक्षयकुमारले यो फिल्ममा राम्रैसँग हँसाएका छन् । ३० करोड रुपैयाँमा निर्माण भएको यो फिल्मले १ सय ५७ करोड रुपैयाँ कमाएको छ ।
मम
श्रीदवी र नवजुद्दिन सिद्दिकीको मूख्य अभिनय रहेको यो फिल्म ३७ करोड रुपैयाँमा निर्माण भएको हो । निर्माण खर्चको तुलनामा यसले पनि कमाइ राम्रो गर्यो । ६५ करोड रुपैयाँ यसको कमाइ हो ।
दैनिक भास्कर