२६ जेठ २०८३, मंगलबार

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

फागुन ७, २०८०
विरगञ्ज
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

स्थानीय प्रशासनले ​वीरगञ्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही ठाउँमा सोमवार साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

महानगरले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादलाई लिएर वीरगञ्जमा पनि प्रदर्शन भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।​​​

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

null

salt training

कमेन्ट गर्नुहोस्