२८ जेठ २०८३, बिहीबार

पूर्वी अफगानिस्तानमा पहिरो, २५ जनाको मृत्यु

फागुन ७, २०८०
काठमाडौं
पूर्वी अफगानिस्तानमा पहिरो, २५ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतवार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यस्तै १० जना घाइते भएका स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमवार बताएका छन् ।

अधिकारीका अनुसार आइतवार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ ।

पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् ।

घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताए ।

राजधानी शहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतवार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्