१७ असार २०८३, बुधबार

पदाधिकारी बैठककै बीच बालुवाटार पुगे देउवा

फागुन ७, २०८०
काठमाडौं
पदाधिकारी बैठककै बीच बालुवाटार पुगे देउवा

बुढानिलकण्ठस्थित आफ्नै निवासमा जारी पदाधिकारी बैठककै बीच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा बालुवाटार पुगेका हुन् । बालुवाटारमा आधा घण्टा बसेर फर्किएपछि देउवा पुनः पदाधिकारी बैठकमा सहभागी भएको जानकारी स्रोतले दियो । 

महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्तावमा अर्को चुनावमा गठबन्धन गर्न नहुने विषयमा संशोधन गर्न नचाहेको बेला देउवा बालुवाटार पुगेका हुन् । बालुवाटार पुगेर उनले गठबन्धनका विषयमा कांग्रेसले दायाँबायाँ नगर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पारेको स्रोत बताउँछ । 

थापाले प्रस्तावमा कांग्रेसले अबको चुनावमा गठबन्धन नगर्ने विषयमा अडान लिए पनि देउवाले महासमिति उद्घाटन भाषणमा पछि हुने चुनावको बारेमा अहिले नै निर्णय गर्नु उपयुक्त नहुने बताएका थिए । समय आएपछि बोल्नुपर्ने विषयमा अहिले नै बोल्न आवश्यक नभएको देउवाको भनाइ थियो । 

तर थापा गठबन्धनको विषयमा निर्णय नगरे साङ्गठनिक प्रस्ताव नै पेस नगर्ने चेतावनी दिँदै आएका छन् । यसैले उनलाई मनाउन देउवाले सोमबार बिहान, महासमिति उद्घाटनपछि आफ्नै निवासमा थापासहितका पदाधिकारीसँग छलफल गरेका हुन् । 

अहिले माओवादीसँग गठबन्धनमा रहँदै गर्दा यसको विरोध गर्दा राजनीतिक हिसाबले पनि अप्ठ्यारो हुने भन्दै देउवा यो विषयमा अहिले कुनै निर्णय नगर्ने अडानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्