×

NMB BANK
NIC ASIA

राजनीति

पदाधिकारी बैठककै बीच बालुवाटार पुगे देउवा

काठमाडाैं | फागुन ७, २०८०

NTC
Premier Steels

बुढानिलकण्ठस्थित आफ्नै निवासमा जारी पदाधिकारी बैठककै बीच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा बालुवाटार पुगेका हुन् । बालुवाटारमा आधा घण्टा बसेर फर्किएपछि देउवा पुनः पदाधिकारी बैठकमा सहभागी भएको जानकारी स्रोतले दियो । 

Muktinath Bank

महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्तावमा अर्को चुनावमा गठबन्धन गर्न नहुने विषयमा संशोधन गर्न नचाहेको बेला देउवा बालुवाटार पुगेका हुन् । बालुवाटार पुगेर उनले गठबन्धनका विषयमा कांग्रेसले दायाँबायाँ नगर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पारेको स्रोत बताउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले प्रस्तावमा कांग्रेसले अबको चुनावमा गठबन्धन नगर्ने विषयमा अडान लिए पनि देउवाले महासमिति उद्घाटन भाषणमा पछि हुने चुनावको बारेमा अहिले नै निर्णय गर्नु उपयुक्त नहुने बताएका थिए । समय आएपछि बोल्नुपर्ने विषयमा अहिले नै बोल्न आवश्यक नभएको देउवाको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

तर थापा गठबन्धनको विषयमा निर्णय नगरे साङ्गठनिक प्रस्ताव नै पेस नगर्ने चेतावनी दिँदै आएका छन् । यसैले उनलाई मनाउन देउवाले सोमबार बिहान, महासमिति उद्घाटनपछि आफ्नै निवासमा थापासहितका पदाधिकारीसँग छलफल गरेका हुन् । 

Vianet communication

अहिले माओवादीसँग गठबन्धनमा रहँदै गर्दा यसको विरोध गर्दा राजनीतिक हिसाबले पनि अप्ठ्यारो हुने भन्दै देउवा यो विषयमा अहिले कुनै निर्णय नगर्ने अडानमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x