२४ जेठ २०८३, आइतबार

पश्चिमी वायुको प्रभाव: चार प्रदेशमा वर्षाको सम्भावना

फागुन ८, २०८०
काठमाडौं
पश्चिमी वायुको प्रभाव: चार प्रदेशमा वर्षाको सम्भावना

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 
सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्