२९ जेठ २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

फागुन ८, २०८०
काठमाडौं
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक आजबाट शुरू हुँदै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

एमाले बैठकको कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । 

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । 

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । 

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए । 

salt training

कमेन्ट गर्नुहोस्