
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुरू भएको बैठक ३ दिन चल्नेछ ।
बैठकका लागि ६ वटा एजेण्डा तय गरिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।