काठमाडौं, २२ भदौ – चलचित्र ‘छक्का पञ्जा २’ हेर्ने दर्शकको चाप उस्तै छ । चलचित्र रिलिजदेखि नै राम्रो र नराम्रोको तराजुमा परेर अझ हिट भइरहेको चलचित्रका रुचाउने दर्शक पनि उत्तिकै छन् । दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्रलाई लिएर केही दर्शकले दीपकराज गिरीलाई 'वाहियात' फिल्म बनाएको भनेर पनि आरोप लगाइरहेका छन् । किनकि फिल्मको पटकथा दीपकराज गिरीले नै लेखेका हुन् ।

एकातिर विरोध भइरहँदा यी हास्यकलाकारले भने दर्शक तथा समीक्षकले दिएका प्रतिक्रियालाई हाँस्दै स्वीकारेका छन् । उनले फेसबुकमा ‘मेरो उत्तर’ भन्दै पोस्ट गरेको फोटोमा प्रियंका कार्कीले लेखेकी छिन्, ‘लभ यु ।’
केही समयदेखि अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेमसम्बन्धमा रहेकी प्रियंका र दीपकराज गिरीबीचको मित्रता सुमधुर छ । चलचित्र छक्का पञ्जा, वडा नम्बर छ लगायतका चलचित्रमा पनि प्रियंका र दीपकराज गिरीले एकसाथ काम गरेका थिए ।