३० जेठ २०८३, शनिबार

राइनो संरक्षण गोल्डकप फुटबल कात्तिक १० गतेबाट, ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने

कात्तिक २०, २०७४
राइनो संरक्षण गोल्डकप फुटबल कात्तिक १० गतेबाट, ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने

 

नवलपरासी, २२ असोज - मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । 


प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । 

नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा जैविक विविधता र गैँडा संरक्षणको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल संघ – ९एन्फा०का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिनुभयो । 

नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नेलगायतका उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा आयोजना हुने उक्त प्रतियोगिताका लागि वन तथा भू—संरक्षण मन्त्रालयबाट रु १० लाख र युवा तथा खेलकुद मन्त्रालयबाट रु १५ लाख उपलब्ध भएको छ । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न वभिन्न संघ संस्था तथा स्थानीय व्यापारीको सहयोग पनि जारी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्