०९ साउन २०८३, शनिबार

पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’

फागुन ८, २०८०
काठमाडौं
पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’

गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३÷२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ । 

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार पुरस्कार पाउनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्