
चीनमा एक दम्पतीलाई मृत्युदण्ड दिएको छ । दोस्रो बिहेपछि पहिलो विवाहका छोराछोरीलाई अग्लो अपार्टमेन्टको झ्यालबाट बाहिर फालेर हत्या गरेको आरोपमा एक जोडीलाई मृत्युदण्ड दिइएको सीएनएनले जनाएको छ ।
झांग बो र ये चेंगचेन चोङ्किङको दक्षिणपश्चिमी महानगरको आवासीय टावरबाट दुर्घटनावश खसाएर बच्चा मारेकोमा दोषी पाएका थिए ।
समाचारमा जनाइएअनुसार उनीहरूले बिहेपछि पहिलेका सन्तानलाई मारिदिएका थिए ।
झाङ्ग र ये लाई डिसेम्बर २०२१ मा मृत्युदण्डको सजाय सुनाइएको थियो।
चीनले मृत्युदण्डको कुल संख्याको बारेमा पारदर्शी जानकारी प्रदान गर्दैन, तर मानव अधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार प्रत्येक वर्ष हजारौं मानिसहरूलाई मृत्युदण्ड दिइने गरेको छ ।