०३ असार २०८३, बुधबार

के किम जोन उनलार्इ गद्दाफी जस्तै पाइपमा लुक्नुपर्ने अवस्था आउला ?

कात्तिक २०, २०७४
के किम जोन उनलार्इ गद्दाफी जस्तै पाइपमा लुक्नुपर्ने अवस्था आउला ?
अन्तराष्ट्रिय समुदायको कोशिशको बाबजुद परमाणु हतियार राख्ने उत्तर कोरिया मात्र होइन । सन् १९४५ मा जापानमा परमाणु बम आक्रमणपछि हतियारमाथि ठूलै बहस भयो । सन् १९७० मा परमाणुको अप्रसार सन्धि (एनपीटी) को प्रभावित पा–यो ।

एनपीटीको मातहतमा केवल पाँच देश अमेरिका, रुस, ब्रिटेल, फ्रान्स र चीनलाई परमाणु हतियार राख्न मान्यता दिइयो ।

के हो एनपीटी?

एनपीटीको मुख्य लक्ष गैर परमाणु सम्पन्न देशको हतियार बनाउनलाई रोक लगाउने हो । एनएसजी अन्तराष्ट्रिय परमाणु उर्जा आयोग, परमाणु सामग्रीको आपूर्तिको नियन्त्रित गर्छ । साथै परमाणु उर्जाको शान्तिपूर्ण उपयोग गर्नका लागि निगरानी पनि राख्छ । परमाणु हतियार राख्ने इच्छा हुने देशका लागि एनपीटी पर्याप्त थिएन । एनपीटीमा सामेल हुन इन्कार गर्ने केही देशमा भने परमाणु हतियार छन् ।

त्यस मध्ये उत्तर कोरिया पनि पर्छ । उत्तर कोरियाले नै एनपीटीमा सामेल भएपछि एनपीटीबाट छुट्टिने घोषणा ग–यो । दोस्रोतिर यस्ता अरु पनि मामला छन्, जुनमा परमाणु हतियार राख्ने होडमा एनपीटीलाई नदेखेझैं पनि गरे ।

एनपीटीले शान्तिपूर्ण परमाणु विस्फोटलाई पनि सीमित गरिदिएको छ । त्यसैले छिमेकी देश भारत पनि एनपीटीको सदस्य बनेको छैन ।

इजरायल

परमाणु शक्तिका रुपमा इजरायलको स्थिति बढी चलाखीपूर्ण छ । हर कोही पनि इजरायललाई परमाणु सम्पन्न देशका रुपमा हेर्छन् तर इजरायललाई परमाणु हतियार छ भनेर भनेको सुनिन्न । इजरायल पनि एनपीटीको सदस्य होइन ।

भौगोलिक हिसाबले अरब देशसँग घेरिएको इजरायल फ्रान्सको सहयोगले सन् १९५० को दशकको मध्यमा परमाणु विकास कार्यक्रमको शुरुवात गरेको थियो । १९६० मा परमाणु परीक्षणमा सफल समेत रह्यो ।

इजरायल परमाणु प्रतिरोध क्षमता मजबुत छ भनेर पनि भन्ने गरिन्छ । १९८१ मा यसले इराकी रिएक्टरसँग र २००७ मा सीरियाकको परपाणु रियक्टरको हवाई हमलालाई नष्ट गरिदिएको थियो ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिका संसारको एकमात्र देश हो, जहाँ परमाणु हतियार बनाइन्छ र स्वेच्छाले नष्ट पनि गर्ने गरिन्छ । दक्षिण अफ्रिकामा प्रसस्त मात्रामा युरेनियमको भण्डार छ । भनिन्छ कि, दक्षिण अफ्रिका इजरायलको सहयोगले शक्तिशाली परमाणु हतियार प्राप्त गर्नमा सफल हुँदै आएको छ । १९७९ मा अमेरिकी उपग्रहले दक्षिण अफ्रिकामा प्रिन्स एडवर्ड आइलेन्डसँग यससँग जोडिएको कुरा हासिल ग–यो तर औपचारिक रुपमा यो कुरा साबित भने हुन सकेन

१९९४ मा अन्तर्राष्ट्रिय उर्जा आयोगले निरीक्षण गरेर अफ्रिकाले आफ्नो पूरै परमाणु हतियार खतम गरिदिएको बतायो ।

लीबिया

उत्तर कोरियाझैं एनपीटीमा सामेल हुनाका कारण लीबियाले पनि परमाणु हतियारलाई बनाउने प्रयास गरेको थियो । तर अन्र्तराष्ट्रिय दबाब र प्रतिबन्धका कारण २००३ मा यसको सामूहिक रुपमा खत्तम ग–यो र अन्र्तराष्ट्रिय उर्जा आयोगलाई निरीक्षण गर्न दिने मञ्जुरी पनि ग–यो ।

सन् २०११ मा लीबियामा सरकार विरोधी प्रदर्शन हुन थाल्यो । लीबियाका तानाशाह शासक कर्नल गद्दाफीले बलपूर्वक प्रदर्शनलाई दबाउन खोजे । त्यसपछि देशमा युद्ध शुरु भयो ।

लगत्तै संयूक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावका आधारमा गद्दाफीलाई हमला गर्ने शुरुवात ग–यो ।

एक जमानामा मानिसलाई भयभीत गर्नेवाला तानाशाह बाँच्नका लागि पानीको पाइपमा घुस्नपर्ने अवस्था सृजना भएको थियो । त्यही समयमा उनी पक्राउ परे र उनको दुखद्ः अन्त्य भयो ।

उत्तर कोरियाका लागि लीबियाको इतिहास एक उदाहरण भएको केही विश्लेषकले जनाउँदै आएका छन् ।

कुकमिन विश्वविद्यालयका प्रोफेसर एन्ड्री लेन्कोवले एक अन्र्तवार्तामा भनेका छन्, ‘लीबियाको परमाणु हतियारलाई छोड्दा पश्चिमी देशले इनाम दिए तर गद्दाफीको शासनमा लोकतन्त्रको जरा नै हल्लियो, जो उत्तर कोरियाका लागि एक महत्त्वपूर्ण उदाहरण हो ।’

बीबीसी हिन्दीबाट भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्