२१ असार २०८३, आइतबार

गुण्डा नाइके दीपक मनाङेलाई पार्टीमा स्वागत गर्दै के–के भने कमल थापाले ?

कात्तिक २०, २०७४
गुण्डा नाइके दीपक मनाङेलाई पार्टीमा स्वागत गर्दै के–के भने कमल थापाले ?
काठमाडौँ, २८ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् ।kamal

राजधानीमा गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताए ।

अध्यक्ष थापाले मुलुकमा करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी ती युवालाई फर्काउनुपर्ने धारणा व्यक्त गरे ।

पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले मुलुकमा शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै देशमा विद्यमान राजनीतिक अन्योलताको अन्त्यका लागि आफ्नो पार्टीले महत्वपूर्ण निर्णय लिने बताए ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले छिमेकी राष्ट्रले गरेको प्रगतिले उनीहरुको अर्थतन्त्र तीव्रगतिमा अगाडि बढेको भए पनि नेपालमा राजनीतिक अस्थिरता र अन्योलताले विकास निर्माणका काम हुन नसकेकोमा दुःख व्यक्त गरे ।

उक्त कार्यक्रमबाट दीपक मनाङेसहित ६०० जनालाई थापाले पार्टीमा स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्