×

NMB BANK
NIC ASIA

त्रिविका प्राध्यापकसहित ९५ महिला कर्मचारीको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

काठमाडाैं | फागुन १४, २०८०

NTC
Premier Steels

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका महिला प्राध्यापक र कर्मचारी गरी ९५ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।​

Muktinath Bank

त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पस इकाइको संयुक्त आयोजनामा आइतवार कीर्तिपुरमा महिला प्राध्यापक र कर्मचारीको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर ध्यानेन्द्रबहादुर राईले जिम्मेवारी र क्षमताका आधारमा समान भएपनि प्राकृतिक बनावटको कारण महिलाहरू बढी स्वास्थ्य जोखिममा रहने र पाठेघरको संक्रमणको सम्भावना हुने भएकोले समयमै परीक्षण गर्नु जरुरी रहेको बताए । ​


Advertisment
Nabil box
Kumari

त्रिवि प्राध्यापक संघ कीर्तिपुर इकाइका सभापति डा. मनोजकुमार चौधरीले जननी तथा जन्मभूमिलाई माताको रुपमा पुज्ने हाम्रो संस्कारमा महिला साथीहरूको स्वास्थ्य विश्वविद्यालयमै जाँच्न पाएकोमा खुसी व्यक्त गरे ।​

Vianet communication

null

त्रिवि कर्मचारी संघका सभापति अनन्त पौडेलले घर र कार्यालयको दोहोरो जिम्मेवारीमा रहने महिलालाई आफ्नो शरीरको सुरक्षा तथा सावधानीको लागि समय समयमा परीक्षण आवश्यक रहेको बताए ।

मेडिकल टिमको नेतृत्व गरेका नेपाल परिवार नियोजन संघको उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले अनिच्छुक गर्भधारण, अधिक गर्भधारण तथा कलिलै उमेरमा हुने गर्भधारणले गर्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्न सक्ने भन्दै सचेतना जरुरी रहेको बताए ।​

एचपीभी नामको भाइरसका कारण यस्तो संक्रमण हुने भएकोले ३० देखि ६० वर्षका महिलाले समय समयमा परीक्षण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा विश्व विद्यालय क्याम्पस हेल्थ डेस्ककी इन्चार्ज डा. कल्पना ज्ञवालीले जटिल रोगको बारेमा समय समयमा परीक्षण जरुरी रहेको बताइन् । 

कार्यक्रममा त्रिवि प्राध्यापक संघका सदस्य डा. बालकृष्ण अधिकारी, कीर्तिपुर इकाइका उपसभापति डा. भगवान अर्याल, सचिव डा. रजनी काफ्ले लगायतले कार्यक्रमको औचित्यबारे बोलेका थिए । सहभागीहरूले कार्यस्थलमा हुने यस खालको परीक्षणले स्वास्थ्य चेतना अभिवृद्धि भएको धारणा राखे । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x