२१ असार २०८३, आइतबार

संसदमा राजीनामा मागिएपछि पत्रकारसँग जंगिए स्वास्थ्य मन्त्री बस्नेत– तपाईंले नैतिकता सिकाउनु पर्छ ?

फागुन १४, २०८०
काठमाडौं
संसदमा राजीनामा मागिएपछि पत्रकारसँग जंगिए स्वास्थ्य मन्त्री बस्नेत– तपाईंले नैतिकता सिकाउनु पर्छ ?
फाइल फोटो

आफ्नै पार्टीका नेता तथा विपक्षी दलले संसद्मा निरन्तर राजीनामा माग गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पत्रकारहरूसँग झोक्किएका छन् ।

अख्तियारले बयान लिएका मन्त्री सरकारमा रहिरहन नमिल्ने भन्दै नेकपा एमालेले संसद्मा लगातार बस्नेतको राजीनामा मागिरहेको छ ।

​टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसँग बयान लिएको थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले समेत अख्तियारले डामेका मन्त्रीको झण्डा झिक्नुपर्ने बताएका थिए ।  

संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारले तपाईंको नैतिकतामाथि प्रश्न उठ्यो नि भनेर प्रश्न सोध्दा मन्त्री बस्नेत झोक्किएका हुन् । ‘सुन्नुस्, के नैतिकता ? तपाईंले सिकाउनुपर्छ ?’ गाडीको ढोकामा पुगिसकेका मन्त्री बस्नेतले आक्रामक शैलीमा पत्रकारलाई प्रतिप्रश्न गरेका हुन् । 

उनले प्रतिपक्षी दल नेकपा एमोलेले ‘पुंग न पुच्छरको कुरा लिएर’ आफ्नो राजीनामा माग गरेको आरोप लगाए । २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा सञ्चारमन्त्री रहेका बस्नेत टेरामक्स घोटालामा मुछिएपछि अख्तियारले बयान लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्