२८ जेठ २०८३, बिहीबार

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर​

फागुन १४, २०८०
काठमाडौं
सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर​

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।

दाङ जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेका अनुसार मनोजकुमार श्रीवास्तवको इजलासले आइतवार बास्तोलालाई कैद तथा जरिवानाको सजाय सुनाएको हो ।

उनको पुनरावेदनको म्याद बाँकी नै रहेकाले तत्काल जेल भने जानु नपर्ने उनले बताए ।​​​

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्