२९ जेठ २०८३, शुक्रबार

बालकुमारी घटनामा आयोगको प्रतिवेदन कार्यान्वयन सिफारिशको जिम्मा मन्त्री गुरुङ र बस्नेतलाई

फागुन १४, २०८०
काठमाडौं
बालकुमारी घटनामा आयोगको प्रतिवेदन कार्यान्वयन सिफारिशको जिम्मा मन्त्री गुरुङ र बस्नेतलाई

दुई जनाको मृत्यु हुनेगरी ललितपुरको बालकुमारीमा गत पुस १२ गते भएको घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयनको सिफारिश गर्न दुई मन्त्रीलाई जिम्मा दिइएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न कानून मन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मा लगाएको हो ।

दुई जना मन्त्रीले प्रतिवेदन अध्ययन गरेर फागुन २० गतेसम्म कार्यान्वयनका लागि सिफारिश गर्ने सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा मन्त्रीको राजीनामा माग गर्दै आएको छ। 

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष रहेको समिति गठन गरेको थियो ।

त्यस्तै समितिमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए ।

समितिले पुस २० गते काम शुरू गरेर ४४ दिनमा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

बालकुमारी घटनामा अछामका चौरपाटी वीरेन्द्र शाह र दैलेख महाबुका सुजन रावतको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्