०१ असार २०८३, सोमबार

एम्नेष्टीका प्रमुखसहित १० जनालाई आतङ्कवादी समूहलाई सघाएको आरोप

कात्तिक २०, २०७४
एम्नेष्टीका प्रमुखसहित १० जनालाई आतङ्कवादी समूहलाई सघाएको आरोप

इस्तानबुल, टर्की २२ असोज- टर्कीका दण्डाधिकारी (अभियोजक)ले एम्नेस्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीलाई आतङ्ककारी भएको वा आतङ्ककारीलाई सघाएको आरोप लगाएका छन् । 


टर्कीको अनादोलु न्यूज एजेन्सीले अभियोजकहरूलाई उद्धृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाई भने हुन बाँकी रहेको जनाएको छ । 

उनीहरूलाई यही जुलाईमा इश्तनबुलमा एक कार्यक्रम गरिरहेको स्थानबाट सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो । 

उनीहरूमाथि शसस्त्र आतङ्कवादी संगठन तथा कुर्दिस तथा वामपन्थी आन्दोलनका लडाकूलाई अमेरिकामा स्वघोषित निर्वासनमा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनसँगको सहकार्यमा सहयोग पु¥याउदै आएका आरोपमा पक्राउ गरिएको थियो । रासस 

salt training

कमेन्ट गर्नुहोस्