०६ साउन २०८३, बुधबार

अभिनेत्री नन्दिता केसीले यसै साता विवाह गर्दै

फागुन १४, २०८०
काठमाडौं
अभिनेत्री नन्दिता केसीले यसै साता विवाह गर्दै

अभिनेत्री नन्दिता केसी वैवाहिक सम्बन्धमा बाँधिने भएकी छन् । 

उनले यही फागुन १९ गते शनिबार डा. अरविन्द्र बहादुर कटवालसँग विवाह गर्न लागेकी हुन् । 

काठमाडौं लाजिम्पाटस्थित शंकर होटलमा उनीहरुको विवाह समारोह राखिएको छ । 

उनीहरुले केही दिनअघि क्यानडाको बान्फमा इन्गेजमेन्ट गरेका थिए । 

नन्दिता नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री हुन् । उनी केही वर्षयता अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् भने डा. अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिनामा बस्छन् । सोमवारमात्रै नन्दिताले ‘जीवनको नयाँ यात्राको सुरुवात’ भन्दै फेसबुकमा दुई जनाको तस्वीर राखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्