×

NMB BANK
NIC ASIA

संसद् भवनभित्र आन्दोलनकारी– सुरक्षा कमान्डरको गम्भीर लापरबाही !

काठमाडाैं | फागुन १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मिटरब्याजी पीडित सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेसँगै सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ । राजधानीमा रहेको अति संवेदनशील क्षेत्र संसद् भवनभित्र आन्दोलनकारी छिर्नुले अहिले उपत्यकाको सुरक्षा अवस्था कस्तो छ भन्ने देखाएको छ ।

Muktinath Bank

 उपत्यका हेर्नका लागि एआईजी दीपक थापाको नेतृत्वमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ हेर्नका लागि एसएसपी भूपेन्द्र खत्रीको नेतृत्व छ भने बानेश्वर क्षेत्र हेर्नका लागि डिएसपीको नेतृत्वमा वृत्त नै छ । त्यसका अलवा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पनि छ । त्यति हुँदाहुँदै पनि आन्दोलनकारीको ठुलो जमान नै संवेदनशील क्षेत्रमा पुग्न भनेको सुरक्षा कमजोरी भएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त लामाले उपत्यकाका विभिन्न निकाय हुँदा हुँदै पनि संसद् भवनभित्र आन्दोलनकारी छिर्नु भनेको सुरक्षा कमजोरी बाहेक अरू केही हुन नसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘एक जना दुई जना होइन, हुलै छिरेको छ । सेक्युरिटी राख्ने भनेकै यस्ता संवेदनशील क्षेत्रमा मानिसहरू छिर्न नपाउन भन्नका लागि हो । यो घटनाले त सिधै सेक्युरिटी ल्यापसेस् देखिन्छ,’ एआईजी लामाले लोकान्तरसँग भने । उनकाअनुसार उपत्यकामा निगरानी गर्नका लागि विभिन्न सीसीटीभी क्यामेराहरू पनि हुने भएकाले त्यसबाट पनि सुरक्षाको विषयमा आङ्कलन नहुनु भनेको कमजोरी नै हो । 

Vianet communication
Laxmi Bank

यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले प्रहरीको मात्रै नभएर नेपालमा भएका सम्पूर्ण सुरक्षा निकायको कमजोरी देखिएको प्रतिक्रिया दिए ।  ‘देशमा प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायहरू छन् । यी सबैको कमजोरी देखियो । देशमा पछिल्लो समयमा भइराखेको घटनाक्रमलाई आङ्कलन गरेर यस्ता विषयमा प्रहरी एनलाइसिस गर्नु पर्ने थियो,’ ठकुरीले लोकान्तरसँग भने । 

उपत्यकामा भएका पछिल्लो समयका गतिविधिहरूलाई विश्लेषण गर्न नसक्दा यस्तो घटना भएको उनको बुझाइ छ । समग्रमा सुरक्षा कमान्ड सम्हालेका अधिकृतको लापरबाहीको उपज यो घटना भएको विज्ञहरुको भनाइ छ । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने केही कमजोरी देखिएको स्विकार्दै त्यसका बारेमा सत्य तथ्य जाँचबुझ गर्न समिति बनाइएको बताए । ‘त्यहाँ के कस्तो भएको हो भनेर हामीले छानबिनका लागि समिति बनाएका छौँ त्यो समितिले निष्कर्ष निकालेपछि मात्रै यथार्थ भन्न सकिन्छ,’ डीआईजी ढकालले लोकान्तरसँग भने ।

यस घटनाबारे गम्भीर चासो लिँदै सोमबार साँझ नै गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुका साथै आवश्यक निर्देशन पनि दिइसकेका छन् । यस्तै प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरसहित ३२ जनालाई संसद् भवनको जिम्मेवारीबाट फिर्ता बोलाएर नयाँ टोली पठाउने निर्णय पनि गरिसकेको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x