२४ जेठ २०८३, आइतबार

न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदातल प्रतिबद्ध : प्रधानन्यायाधीश श्रेष्ठ

फागुन १४, २०८०
मकवानपुर
न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदातल प्रतिबद्ध : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायका लागि अभिन्न अङ्ग बनेको बताएका छन् । 

मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको आज  एक समारोहबीच उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशको पदपूर्ति हुन नसक्दा मुद्दाको चाप निकै बढेको उल्लेख गरे । उनले हाल सर्वोच्च अदालतमा न्यायाधीशको पदपूर्ति भइसकेकाले अब मुद्दाको चापलाई विभिन्न इजलाशबाट छिट्टै फछ्र्यौट गर्नेतर्फ आफुले प्रयास गरिरहेको बताए । 

प्रधानन्यायाधीश श्रेष्ठले स्थानीय निकायमा अर्धन्यायिक समितिमा जिल्लाको विभिन्न नागरिकको आ–आफ्नो समस्याको मुद्दा दर्ता गरी छलफल र बहस हुँदै आएको र मेलमिलापको आधारमा छिटोछरितो मुद्दा टुङ्गिने अवस्था रहेको भए पनि अदालतमा भने मुद्दाको टुङ्गो लगाउन समय लाग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्