२१ जेठ २०८३, बिहीबार

घोराही रङ्गशालामा आजदेखि ‘दाङ क्रिकेट लिग–२’

फागुन १४, २०८०
काठमाडौं
घोराही रङ्गशालामा आजदेखि ‘दाङ क्रिकेट लिग–२’

आजदेखि दाङमा ‘नेपाल टेलिकम दाङ क्रिकेट लिग–२’ सुरु भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्तरुपमा उद्घाटन गरे । 

‘नेपाल टेलिकम दाङ क्रिकेट लिग–२’ मा घोराही टाइगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दङ्गाली लायन्स फ्रेन्चाइज टोलीेको सहभागिता रहेको छ । प्रत्येक टोलीमा पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का दुई, यु–१९ का दुई र सिनियरतर्फ पाँच खेलाडी टोलीमा सहभागी गराएका छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्