काठमाडौं– यही अक्टोबरमा ११ बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन परेको छ । पछिल्लो ४५ बर्षदेखि हिन्दी सिनेमा क्षेत्रमा निरन्तर छाएका अमिताभ जुनै भूमिकामा पनि सहजरुपमा अभिनय क्षमता राख्छन् ।
अमिताभ अहिले ७७ बर्षको भएका छन् । तर उनको फिल्मी क्षेत्रमा भने उनको उमेरले केही कमी नआएको बलिउड सिनेमाका जानकारहरू बताउँछन् । साथै अमिताभको सिनेमाप्रतिको मेहनतलाई दर्शकहरूले पनि उतिकै मनपराएका छन् ।

अमिताभ बच्चनलाई अमिताभ भनेर नाम कसले राखेको भनेर थाहा नहुन सक्छ । उनलाई अमिताभ भनेर हिन्दीका प्रख्यात कवि सुमित्रानन्दन पन्तले राखेका हुन् । कवि पन्त अमिताभ बच्चनका बुबा हरिवंश राय बच्चनका घनिष्ठ साथी हुन् । कवि पन्त हरिबंश राय बच्चनलाई भेट्न अल्मोडाबाट इलाहावाद आइरहन्थे ।
संयोगवश अमिताभको जन्म हुने दिनमा कवि पन्त पनि त्यही नसिंङ होममा थिए । भर्खर जन्मेका हरिबंश राय बच्चनका छोराको शान्त स्वभाव देखेर कवि पन्तले यो बच्चा त अमिताभ बुद्ध जस्तै शान्त छ भन्दै बच्चालाई अमिताभ नाम दिएका थिए । त्यहीबेला देखि उनलाई अमिताभ नामले सबैले चिने ।