×

NMB BANK
NIC ASIA

जापानको चन्द्रमा ल्यान्डर चन्द्ररातपछि पुनर्जीवित भएर बनायो आश्चर्य !

काठमाडाैं | फागुन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

टोकियो–जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्ररातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमवार बताएको छ । 

Muktinath Bank

मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए)ले सूर्यको कोण परिवर्तन भएपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरामार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ । 


Advertisment
Nabil box
Kumari

अँध्यारो हुनेबित्तिकै यो फेरि सुत्यो । यसलाई कठोर चन्द्र रातहरूका लागि डिजाइन गरिएको थिएन । यो फेरि ब्युँझिने छ भन्नेबारेमा जेएएक्सए अनिश्चित थियो । 

Vianet communication
Laxmi Bank

‘हिजो हामीले एउटा कमान्ड पठाएका थियौँ र यसको एसएलआइएमले जवाफ दिएको छ,’ जेएएक्सएले सोमवार सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘एसएलआइएम आफ्नो सञ्चार कार्यलाई कायम राख्दै चन्द्रमाको सतहमा एक रात जीवित रहन सफल भयो, अहिले पनि चन्द्रमामा दिउँसो थियो र सञ्चार उपकरणको तापक्रम अत्यधिक भएकाले थोरै समयका लागि सञ्चारलाई बन्द गरियो ।’

‘जब उपकरणको तापक्रम पर्याप्तरूपमा चिसो हुनेछ सञ्चालन पुनः शुरू गरिने तयारी भइरहेको छ,’ एक्समा भनिएको छ । आफ्नो सटिक अवतरण प्रविधिका लागि ‘मुन स्नाइपर’ भनिने एसएलआइएम जनवरी २० मा आफ्नो लक्षित अवतरण क्षेत्रभित्र पुगेको थियो । 

हालैका असफलताहरूपछि यो उपलब्धि जापानको अन्तरिक्ष कार्यक्रमको एउटा जित थियो । यसबाट अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्ने जापान पाँचौँ मुलुक बनेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x