नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरू भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलवार नेपाल र नामिबियाबीच हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरूवातस्वरुप नेपालले यो श्रृंखला खेल्न लागेको हो ।
त्रिकोणात्मक श्रृंखलामा नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।
यस्तै श्रृंखलाअन्तर्गत नेपालले बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
यसैगरी बिहीवार नामिबिया र नेदरल्याण्ड्स भिड्दा शुक्रवार नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् ।
त्यसैगरी नेपाल र नेदरल्यान्ड्सको दोस्रो भेट शनिवार हुनेछ । तीनमध्ये शीर्ष दुईले उपाधिका लागि आइतवार खेल्ने छन् ।