२१ जेठ २०८३, बिहीबार

टोटल इनर्जीको रिटेलर मीट सम्पन्न

फागुन १५, २०८०
काठमाडौं
टोटल इनर्जीको रिटेलर मीट सम्पन्न

लक्ष्मी ग्रुप अन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालिले टोटल इनर्जी रिटेलर मीट सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जीको आधिकारिक बिक्रेता शंकर यमुना अटो पार्टसको सहकार्यमा फागुन ११ गते सम्पन्न भएको मीटमा १५० जनाभन्दा बढी रिटेलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।​

null

शंकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शंकरराज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल वर्कसप व्यवसायी संघका केन्द्रीय अध्यक्ष शरणकुमार गुरुङ्गको प्रमुख अतिथ्यता रहेको थियो ।

यस्तै, नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व अध्यक्ष माधवप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल वर्कसप व्यवसायी संघका सह कोषाध्यक्ष श्रीप्रसाद गुरुङ्ग, टोटल इनर्जी भारतका एक्सपोर्ट म्यानेजर पुरुषोतमन एमएस र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको आतिथ्य रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्