०८ साउन २०८३, शुक्रबार
त्रिकोणात्मक टी-२० सिरिज

नेपाली बलर निष्प्रभावी देखिएपछि नामिबियाले दियो २०७ रनको विशाल लक्ष्य

फागुन १५, २०८०
काठमाडौं
नेपाली बलर निष्प्रभावी देखिएपछि नामिबियाले दियो २०७ रनको विशाल लक्ष्य

त्रिदेशीय टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

नेपाली बलर चल्न नसकेपछि नामिबियाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेल्दा ४ विकेटको क्षतिमा २०६ रन जोडेको हो । 

नेपाललाई चुनौतीपूर्ण रनको लक्ष्य दिने क्रममा जान निकोल लोफ्टीले शतक प्रहार गरे । उनले ३३ बलमा एक सय रन प्रहार गरे । यस क्रममा उनले ८ छक्का र ११ वट चौका प्रहार गरे । उनी १०१ रन बनाएर आउट भए । उनले १८ बलमा ५० रन बनाएका थिए । मलान क्रगेरले पनि अर्धशतक प्रहार गरे ।

माइकल भान लिंगेनले २०, जेपी कोट्जेले ११ रन बनाए ।

सात जना बलर खेलाउँदा पनि नेपालले नाबिबियालाई कम रनका रोक्न सकेन । कप्तान रोहित पौडेलले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । 
अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदा एक विकेट लिए । 

करण केसीको नाममा एक विकेट रह्यो । केसीले ३ ओभरमा ३२ रन दिएर १ विकेट लिए । 

सोमपाल कामीले ३ ओभरमा ३४ रन दिँदा विकेट लिन सकेनन् । 

गुल्सन झा १ ओभरमा १८ रन दिए । 

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२ रन दिँदा विकेट लिन सकेनन् । 

आईसीसी विश्वकप क्रिकेट लीग २ मा नेपालले चारमध्ये एउटा मात्रै खेल जितेको थियो । नामिबियासँग दुई खेल हार्दा नेदरल्याण्डसविरुद्ध भने नेपालले एकमा पराजय र एक खेल जित्न पुग्यो । 

यिनै तीन टिमबीच त्रिदेशीय टी २० सिरिज भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्