२६ जेठ २०८३, मंगलबार

माओवादीले कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष नछोड्ने !

फागुन १५, २०८०
काठमाडौं
माओवादीले कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष नछोड्ने !

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई छोड्न नसकिनेबारे छलफल गरेको छ ।

माओवादीको मंगलबार बसेको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले अध्यक्ष कांग्रेसलाई छोड्न नहुने गरी मत आएको जानकारी माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा हामीले अलि बढी छलफल गर्‍यौं, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे छलफल भयो । अधिकांश हाम्रा सदस्यले अध्यक्ष कांग्रेसले छोड्नु हुँदैन भन्ने मत बलियो बनेको छ’, सापकोटाले भने, ‘हामी भोलि यसबारे निर्णय गर्छौं ।’ 

माओवादीको बैठकमा कांग्रेस महासमितिमा उठेको गठबन्धनविरोधी विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको जानकारी सापकोटाले दिए ।

salt training

कमेन्ट गर्नुहोस्