२३ जेठ २०८३, शनिबार

आचार्यको निधनले मुलुकलाई अपूरणीय क्षति : अध्यक्ष ओली

फागुन १५, २०८०
काठमाडौं
आचार्यको निधनले मुलुकलाई अपूरणीय क्षति : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष ओलीले दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे ।

उनलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरूको उपस्थिति थियो । 

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमवार ८२ वर्षको उमेरमा निधन भएको थियो ।

आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्