०९ साउन २०८३, शनिबार

राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्यो जाउलाखेल

फागुन १५, २०८०
काठमाडौं
राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्यो जाउलाखेल

राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ​

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २(१ गोलअन्तरले पराजित गर्‍यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक/एक गोल गरे ।

खेलको ३९औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२ औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । 

खेलको ८४औं मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो । 

जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ ।

सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्